ग्रिन पिन
नबिल ग्रीन पिन एक तत्काल, सुरक्षित, र पेपरलेस रुपमा डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सेट अथवा रिसेट गर्न सक्ने सुविधा हो। यस सुविधा मार्फत नयाँ ग्राहकहरुले बैंकको काउन्टर नगईकनै नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुले बिर्सिएको पिन स्वयमले नै रिसेट गर्न सक्नुहुन्छ।
यस स्वयम्-सेवा (self-service) ले टेम्पर-प्रूफ खाम र अन्य कागजी डकुमेन्टहरूको आवश्यकताको अन्त्य गरी वातावरण मैत्री समाधान दिन्छ। नबिल बैंकले ल्याएको यस डिजिटल पहल ग्राहकहरुलाई सुविधाजनक मात्रै छैन, वातावरण संरक्षणमा समेत योगदान पुर्याउँछ।
नबिल ग्रीन पिन सेट गर्ने प्रक्रिया
यस प्रक्रिया नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुले पिन बिर्सिएको खण्डमा स्वयम्ले रिसेट गर्न दुवै अवस्थामा लागू हुन्छ।
चरण १ - आफ्नो कार्ड नबिल बैंकको एटीएम मेशिनमा पसाउनुहोस्
चरण २ - आफ्नो भाषा छनोट गर्नुहोस्
चरण ३ - पिनका लागि एक पटकको पासवर्ड (ओटिपी) बनाउनुहोस्
चरण ४ - आफ्नो कार्ड एटीएमबाट निकाल्नुहोस्
चरण ५ - तपाईंले नबिल बैंकमा दर्ता भएको आफ्नो मोबाइल नम्बरमा ओटिपी कोड (OTP) प्राप्त गर्नुहुनेछ। अब तपाईंको कार्ड एटीएममा पुन: पसाउनुहोस्
चरण ६ - भाषा छनोट गर्नुहोस्
चरण ७ - मोबाईलमा आएको एक पटकको पासवर्ड (ओटिपी) थिच्नुहोस्
चरण ८- आफ्नो पिन परिवर्तन गर्नको लागि एक पटकको पासवर्ड थिच्नुहोस् र निश्चित गर्नुहोस्
चरण ९ - आफूलाई इच्छाएको नयाँ पिन थिच्नुहोस्
चरण १० - एक पटक फेरी आफुले चाहेको नयाँ पिन थिच्नुहोस् (दुबै पटक थिच्नु भएको पिन एउटै हुनुपर्ने छ)
चरण ११ - सफल रुपमा पिन परिवर्तन भैसकेपछि कार्ड झिक्नुहोस्

