Skip to main content

कनेक्ट आईपीएस

कनेक्ट आईपीएस नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल) द्वारा विकसित र संचालित एक ईलेक्ट्रोनिक-भुक्तानी प्रणाली हो । यो एउटा एकल भुक्तानी प्लेटफर्म  हो, जसबाट बैंकका ग्राहकले विभिन्न प्लेटफर्महरूबाट रकम ट्रान्सफर र विभिन्न सेवाको भुक्तानी गर्न सक्छन्। कनेक्ट आईपीएसले तपाईंलाई एक भन्दा धेरै बैंक खाताहरू लिंक गर्न र ती लिंक गरिएका खाताहरूबाट भुक्तानी कार्य गर्न अनुमति दिन्छ। तपाईंले नबिल बैंकमा रहेको आफ्नो खातालाई बैंक नगई लिंक गर्न र स्वयं-खाता प्रमाणिकरण (Self-Account Verification) द्वारा प्रमाणित गर्न सक्नुहुन्छ।

फाइदाहरू

  • तपाईंको धेरै बैंक खाताहरूको लागि एकल प्लेटफार्म
  • दर्ता भएका आफ्ना सबै बैंक खाताहरूबाट कारोबार गर्न सकिने
  • सरकारी कर भुक्तानी, नेप्सेको टीएमएस (Trade Management System), ई-कमर्स वेबसाईट, यात्रा र भ्रमण, एयरलाइन्स, बिमा भुक्तानी, जस्ता विभिन्न व्यापारिक (merchant) पोर्टलमा भुक्तानी गर्न सकिने।

सुरक्षा

  • लगईनका लागि क्याप्चा (captcha) र कारोबार पासवर्ड (Transaction Password) प्रमाणीकरण
  • प्रत्येक कारोबारको लागि एक पटके पासवर्ड (One Time Password -OTP) प्रमाणीकरण
  • प्रयोगकर्ताले आफूले खाता खोल्दाको समयमा सेट गरिएको फोटो (image) र वाक्यांश (जवाफ) प्रत्येक समय लगईन पृष्ठमा देखिने सुनिश्चित गर्नुपर्ने।

 

बारम्बार सोधिने प्रश्नहरू

सेल्फ भेरिफिकेशन भनेको के हो ?

यस सुविधाले तपाईं स्वयम् ले  कनेक्ट आईपीएसमा आफ्नो बैंक खाता लिंक गराउन र भेरीफाई गर्न सक्नुहुन्छ। यद्यपि, सेल्फ भेरीफाई गरिएको खाताबाट कारोबार गर्नका लागि बीस लाख (5,00,000/-) सम्मको कारोबार सीमा तोकिएको छ। यो सेवा बैंकको नीति अनुसार समय-समयमा परिवर्तन हुन सक्छ। 

आफ्नो खाता स्व: प्रमाणिकरण (Self-Verification) कसरी गर्ने ?

आफ्नो नबिल बैंकको खाता स्व:प्रमाणित गर्न निम्न प्रक्रियाहरू पालना गर्नुहोस्:
चरण १: सर्वप्रथम, Bank Account मा गई Manage Account मा जानुहोस्: र link bank account मा क्लिक गर्नुहोस्।
चरण २: Pending bank account सूचीमा आफ्नो प्रमाणीकरण गर्न बाँकी भएको खाता छान्नुहोस् र स्वयं प्रमाणिकरण (self-verify) गर्ने विकल्प छान्नुहोस्।
चरण ३: तपाईंले भर्नुभएको जानकारी र स्वचालित प्रक्रियाको आधारमा, तपाईंले आफ्नो नबिल बैंकको खातामा दर्ता गर्नुभएको मोबाइल नम्बर र ईमेल ठेगानामा एक OTP पठाइनेछ। वान टाइम पासवर्ड पाउनका लागि बैंक र कनेक्ट आइपीएसमा दर्ता गरिने मोबाइल नम्बर एउटै हुनुपर्छ । 
चरण ४: उक्त वन टाइम पासवर्ड (OTP) को सफल प्रमाणीकरण पछि, उक्त लिंक गरिएको खाताको स्थिति 'AUTO ACCEPT APPROVAL' को रूपमा परिवर्तन हुनेछ।
चरण ५: अनलाइन लिंक गर्न खोजिएको खातामा दुइवटा सानो रकम (Micro Deposit) जम्मा हुनेछ ।
चरण ६: तपाईंले अब लिंक गर्न खोज्नुभएको नबिल बैंकको आफ्नो खाता जाँच गर्नुपर्नेछ, र कनेक्ट आईपीएसमा उक्त दुई सूक्ष्म रकम (Micro amounts) दाखिला गरी कन्फर्म गर्नुपर्छ । एकचोटि दुबै (Micro Deposit) रकमहरू प्रमाणित भएपछि, लिंक गरिएको खाता स्वचालित रूपमा प्रमाणित हुनेछ र खाताको स्थिति ACCEPTED मा परिवर्तन हुनेछ ।
चरण ७: अब लिंक गरिएको खातामार्फत मोबाइल एप र वेबसाईट प्रयोग गरी तोकिएको कारोबार सीमासम्मको कारोबार सजिलै गर्न सकिन्छ । 

आफ्नो बैंक खाता कनेक्ट आईपीएस (connectiPS) सँग लिंक गर्नुहोस र सक्रिय बनाउनुहोस्

म कसरी मेरो बैंक खाता कनेक्ट आईपीएस सँग लिंक गर्न सक्छु ?
चरण १: तपाईको युजरनेम र पासवर्डको साथ कनेक्ट आईपीएस खातामा लगईन गर्नुहोस्
चरण २: ड्यासबोर्डबाट 'बैंक खाता' चयन गर्नुहोस्
चरण ३: 'लिंक खाता' चयन गर्नुहोस् 
चरण ४: तपाईको नबिल खाता विवरण भर्नुहोस्
चरण ५: ‘Send for Approval’ छान्नुहोस्
चरण ६: लिंक गरिएको बैंक खाता फारम डाउनलोड गर्नुहोस्
 
यति गरिसकेपछि तपाईंले उक्त फारम डाउनलोड गरी विधिवत रुपमा हस्ताक्षर गरेर नबिल बैंकको तपाईंको नजिकको शाखामा एक पटक प्रमाणिकरण र खाता सक्रिय बनाउनका लागि लिएर जानुपर्ने हुन्छ। साथै, तपाईंले सेल्फ भेरिफिकेशन (self-verification) विकल्प छानेर उक्त लिंक गरिएको खातालाई सेल्फ-भेरीफाई पनि गर्न सक्नुहुन्छ। यो विकल्पले तपाईंलाई नबिल बैंकको शाखामा नगईकनै खाता लिंक गरेर कारोबार गर्न सक्षम बनाउँछ।

म मेरो कनेक्ट आईपीएस खातामा पूर्ण कारोबार सीमा प्रयोग गर्न चाहन्छु । मैले मार्फत गर्न सकिने कारोबारको पूर्ण सीमा पाउन के गर्नुपर्छ ?

एउटा स्व-प्रमाणित (self-verified) कनेक्ट आईपीएस खाताको कारोबार सीमा बढाउनको लागि तपाईले कनेक्ट आईपीएसमा रहेको (manage account) मेनु मा रहेको (update limit) भन्ने विकल्पमा जानु पर्नेछ। उक्त फारम डाउनलोड गरेर विधिवत रुपमा हस्ताक्षर गरि नबिल बैंकको आफ्नो नजिकको शाखामा जानु पर्ने हुन्छ।