नबिल QR कोड
नबिल बैंकले नेपालमा, नबिल QR कोड ल्याउनको लागि फोनेपेसँग जोडिन पाउँदा गर्व गर्दछ। नबिल QR ले मोबाईल एप मार्फत उपलब्ध QR कोड स्क्यान गर्ने माध्यमबाट, सम्पर्क रहित (Contact Less) डिजिटल भुक्तानी गर्न सक्षम बनाऊँदछ।
नबिल QR प्रयोगले, व्यापारीहरूले अब ग्राहकले गरेको स्क्यान लेनदेन लगतै पछि उनीहरूको बैंक खातामा तत्काल भुक्तान प्राप्त गर्न सक्दछन्। नबिल बैंकले सम्पूर्ण नेपालमा डिजिटल लेनदेनको प्रगति सुनिश्चित गर्न यो एक प्रमुख डिजिटल पहल हो।
Fonepay सुविधा सक्रिय गरिएको मोबाइल बैंकिङ/ डिजिटल वालेट भएका कुनै ग्राहकले अब व्यापारीलाई भुक्तानी गर्न नबिल QR स्क्यान गर्न सक्दछन्। १ करोड ३ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ५० भन्दा बढी पार्टनरहरू बैंकको मोबाइल/अन्तर-बैंकिङ प्रणाली र डिजिटल वालेटको उपस्थितिसँगै, नेपालमा लगभग सबैले अब नबिल QR मार्फत भुक्तानी गर्न सक्दछन्।
मुख्य विशेषताहरु
![]()
तत्काल भुक्तानी
![]()
डिजिटल नगद रहित भुक्तानी
![]()
तुरुन्तै तपाईंको बैंक खातामा भुक्तानी प्राप्त हुने
![]()
लेनदेनमा व्यापारी पुरस्कार आर्जन हुने
![]()
लेनदेन अनुगमन गर्न वेब/मोबाइल पोर्टल प्रदान गरीने
![]()
लेनदेन फिर्ता गर्न सम्भव भएको
बारम्बार सोधिने प्रश्नहरू
व्यापारीको भुक्तानीको बन्दोबस्त दैनिक आधारमा तिनीहरूको बैंक खातामा स्वचालित रूपमा गरिन्छ। व्यापारी आफैले तत्काल भुक्तान व्यवस्थित पनि गर्नसक्छ।
यदी व्यापारीको धेरै आउटलेट छन् भने व्यापारीले पोइन्ट अफ सेलमा व्यक्तिको नाम र फोन नम्बर उपलब्ध गराई प्रत्येक आउटलेटलाई सब-व्यापारीको रूपमा दर्ता गर्न बैंकलाई अनुरोध गर्नु परद पर्दछ।
सामान्यतया, विवाद समाधान हुन २-३ कार्य दिन लाग्न सक्छ, यद्यपि यो बैंकले व्यापारी/ग्राहकबाट प्राप्त गरेकोमा विवरण, कागजात/प्रमाणमा पनि निर्भर गर्दछ।
सबै आवश्यक कागजातहरू पुरा भएमा २-३ कार्य दिनहरूको अवधि भित्र दर्ता हुन सक्छ।
Fonepay व्यापारी एप/वेब पोर्टलको उपयोग गरि, व्यापारीले वास्तविक समयको आधारमा भुक्तानीहरू ट्र्याक गर्न सक्छन्।

