Skip to main content

प्रदेश प्रमुखहरू

निर्वाण चौधरी

निर्वाण चौधरी

संस्थापक शेयरधनीहरुको प्रतिनिधि

४३ वर्षीय श्री निर्वाण चौधरी दून, ह्यारो, एमआईटी र एलबीएसमा दीक्षित सीजी कर्प ग्लोबलको प्रबन्ध निर्देशक तथा चौधरी फाउण्डेशनका अध्यक्ष हुन्।

उहाँ ब्राण्ड एम्बेसेडर, संस्थापक, अध्यक्ष, निर्देशक इत्यादि जस्ता पदमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग आबध्द हुनुहुन्छ। श्री चौधरी २०१६ मा नेपाल उद्योग परिसंघ (सीएनआई) को उपाध्यक्षमा र भारत - नेपाल केन्द्रका लागि अध्यक्षमा निर्वाचित भएका थिए। उनले सरकारको उद्योग मन्त्रीको व्यक्तिगत सल्लाहकारका रूपमा काम गर्नुका साथै वाणिज्य र उद्योगका विभिन्न द्विपक्षीय चेम्बरहरूको कार्यालय सम्हाल्नु भएको छ। हालै २०२१ मा, उहाँ विश्व आर्थिक मञ्चद्वारा युवा ग्लोबल लीडरको रूपमा पनि मनोनित हुनुभएको छ।

    मलय मुखर्जी

    मलय मुखर्जी

    संस्थापक शेयरधनीहरुको प्रतिनिधि

    ७० वर्षीय श्री मुखर्जी एमएस्सी, कर्जा विश्लेषण, जोखिम व्यवस्थापन र प्रविधि विकासको क्षेत्रमा बृहत ज्ञान हासिल गर्नुभएका बरिष्ठ बैंकिङ्ग कार्यकारी हुनुहुन्छ। उहाँ आइएफसिआई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक र आइएफसिआई अन्तर्गतका विभिन्न कम्पनीहरुको अध्यक्ष हुनुहुन्थ्यो। उहाँ सेप्टेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्म मुम्बई स्थित सेन्ट्रल बैंक अफ ईण्डियाको कार्यकारी निर्देशक पनि हुनुहुन्थ्यो।

    उहाँले ईण्डियन बैंकको जोखिम व्यवस्थापन विभाग र प्रविधि व्यवस्थापन विभाग हेर्ने महाप्रबन्धकको रुपमा चेन्नई स्थित कर्पोरेट कार्यालयमा पनि काम गर्नुभएको थियो। उनी भारतको गुडगाउँ प्रिमियर बी स्कूलको एमडीआईका अध्यक्ष थिए। नबिल बैंकको सञ्चालक समितिका साथै हाल उनी भारतका विभिन्न कम्पनीहरूको सञ्चालक समितिमा समेत आवद्ध छन्।
     

      अनन्त पौड्याल

      अनन्त पौड्याल

      सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधि

      ३६ वर्षिय श्री पौड्यालले अष्ट्रेलियाको प्रतिष्ठित मोनाश विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विशेषज्ञता प्राप्त गरी स्नातकोत्तर डिग्री र काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक डिग्री प्राप्त गर्नुभएको छ।

      युवा र ऊर्जावान श्री पौड्याल संग व्यवसाय विकास र नीति निर्माणको लागि एक विश्वव्यापी र नवीनतम दृष्टिकोण छ। श्री पौड्याल हाल अष्ट्रेलियाली शैक्षिक प्रतिनिधिहरुको नेपाली संघ (एनएएआर) मा र अष्ट्रेलियाका नेपाली विद्यार्थी संघ (एएनएए) को सञ्चालक समितिमा पनि हुनुहुन्छ। यसबाहेक उनी २०१५ देखि नेपाल शैक्षिक परामर्शदातृको निर्देशकका रूपमा समेत सेवारत छन्। 

        प्रविन टिबडेवाला

        प्रविन टिबडेवाला

        सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधि

        ३७ वर्षीय श्री प्रविन टिबडेवालाले पोखरा विश्वविद्यालयबाट लेखा र वित्तमा एमबीए डिग्री र ब्रायडफोर्ड विश्वविद्यालय, बेलायतबाट लेखा र फाईनान्समा स्नातक डिग्री हासिल गरेका छन्। श्री टिबडेवाला एक उद्यमी हुन् र विभिन्न व्यावसायिक वातावरणमा काम गर्नमा अनुभवी छन्।
         

          सइद मन्सुर मुस्तफा

          सइद मन्सुर मुस्तफा

          संस्थापक शेयरधनीहरुको प्रतिनिधि

          श्री सैयद मन्सुर मुस्तफा  IFIC Bank PLC बंगलादेशका प्रबन्ध सञ्चालक हुनुहुन्छ । यस अघि, हाँले IFIC Bank PLC को उप प्रबन्ध सञ्चालक (DMD) र अन्तर्राष्ट्रिय डिभिजन प्रमुख, प्रमुख क्रेडिट अधिकारी, प्रमुख जोखिम अधिकारी र प्रमुख एन्टी मनी लान्डरिंग अनुपालन अधिकारी (CAMLCO) को रूपमा काम गर्नुभएको थियो उहाँ IFIC Bank PLC सम्बद्ध Oman Exchange LLC, ओमानका सञ्चालक पनि हुनुहुन्छ।

          हाँले ६ अप्रिल, २०१५  मा IFIC Bank मा वरिष्ठ कार्यकारी उपाध्यक्षको रूपमा आबद्ध हुनुभएक थियो। उहाँको बैंकिङ करियर सन् १९९६ मा एबी बैंकमा प्रोबेशनरी अफिसरको रूपमा सुरु भएको थियो IFIC Bank मा आबद्ध हुनु अघि, हाँले ट्रस्ट बैंक लिमिटेडमा कर्जा प्रमुख सहित विभिन्न महत्वपूर्ण पदहरू सम्हाल्नु भएको थियो

          उहाँसँग शाखा व्यवस्थापन, क्रेडिट जोखिम व्यवस्थापन, विदेशी व्यापार र ट्रेजरी सञ्चालन सहित २८ वर्षको अनुभव रहेको उहाँले ढाका विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक(Graduation with Honours) र स्नातकोत्तर उपाधि हासिल गर्नुभएको उहाँले सोही विश्वविद्यालयको इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेशन (आइबीए)बाट एमबीए पनि गर्नुभएको

            सरिता भट्ट अधिकारी

            सरिता भट्ट अधिकारी

            स्वतन्त्र सञ्चालक
              अनिल केशरी शाह

              अनिल केशरी शाह

              संस्थापक शेयरधनीहरुको प्रतिनिधि

              श्री अनिल केशरी शाह नेपालको वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी नेतृत्व अनुभव भएका एक प्रतिष्ठित बैंकरको रुपमा परिचत हुनुहुन्छ । उहाँ आफ्नो रणनीतिक दृष्टिकोण र रुपान्तरणकारी नेतृत्वका लागि व्यापक रुपमा परिचित हुनुहुन्छ । उहाँले विभिन्न अवधिमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा दुई कार्यकाल सेवा गर्नुभएको थियो । यसका अतिरिक्त उहाँसँग स्टाण्डर्ड चार्टर्ड नेपाल बैंकमा नेतृत्व तहमा र तत्कालीन मेगा बैंक नेपालमा संस्थापक प्रमुख कार्यकारी अधिकृतको अनुभव समेत संगाल्नु भएको छ । उहाँ नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । समग्रमा उहाँले नेपालको बैंकिङ विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँले हार्वर्ड विश्वविद्यालय, अमेरिकाबाट Leadership for the 21st Century विषयमा कार्यकारी शिक्षा -Executive Education_ हासिल गर्नुभएको छ । साथै, उहाँले भारतको दिल्ली विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (MBA) तथा अमेरिकाको जर्ज वासिङ्टन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक (BBA) तहको अध्ययन गर्नुभएको छ । उहाँको बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदानको कदर स्वरुप विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित सम्मान तथा पुरस्कारहररु प्राप्त गर्नुभएको छ । तीमध्ये व्यवस्थापन संघ नेपालबाट सन् २००८ मा प्रदान गरिएको Manager of the Year पुरस्कार, सन् २००५ देखि २००७ सम्म लगातार तीन वर्ष The Boss Excellence Awards Top CEO पुरस्कार, तथा सन् २००७ मा बैंककस्थित एशिया न्युज नेटवर्कद्वारा प्रदान गरिएको Asia’s Idol सम्मान उल्लेखनीय रहेको छ ।