Skip to main content

भाईबर बैकिङ्ग

भाइवर बैंकिङ्ग डिजिटल प्रविधि हो जस्ले गुगल प्लेस्टोर र एपस्टोरमा नि:शुल्क उपलब्ध भएको, इन्टेरनेटमा आधारित लोकप्रिय अन्र्तमञ्चमा आधारित तत्काल सन्देश र आवाजयुक्त आइपी (भिओआइपी) एप्लिकेशन भाइबरमार्फत प्रत्यक्ष रुपमा बैंकसंग अन्तक्र्रिया गरी विभिन्न सेवाहरु उपभोग गर्ने अनुमति दिन्छ ।

विशेष सुविधाहरु

हाल बैंकमा खाता नभएको अवस्थामा पनि बैंकको सार्वजनिक खाता लिएका सबै प्रयोगकर्ताहरुका लागि सामान्य सेवाहरु उपलब्ध छन् । सामान्य सेवाहरुमा देहायका बटनहरु समावेश हुनेछन् ।

हाम्रा बारेमा : बैंकका बारेमा विभिन्न जानकारीहरु र सम्पर्क विवरणहरुको सूची देखाउदछ ।

दर्ता : भाइवर बैंकिङ्गमार्फत खातासंग सम्बन्धित सेवाहरु दर्ता गर्न खातावालहरुलाई अनुमति दिन्छ ।

शाखा: सबै उपलब्ध बैंकिंग शाखाहरुको स्थान ठेगानाको सूची

एटिएम : सबै उपलब्ध स्वचालित टेलर मेशिनहरुको स्थान ठेगानाको सूची

बैंकिंग समय : बैंकका शाखाहरुको तोकिएको सामान्य व्यवसाय÷कारोवार समय र विस्तारित बैंकिंग समय देखाउदछ ।

व्याज दर : ऋणका विभिन्न प्रकार र ग्राहकका लागि उपलब्ध खाताका प्रकारहरुको मौजूदा व्याजदर देखाउदछ ।

सूचना : बैंकको हालसालैको सूचना र अद्यावधिक विवरणबारे जानकारी पाउनुहोस् ।

विनिमय दर: बैंकका लागि विदेशी मुद्राको विनिमय दर हेर्न प्रयोगकर्ताहरुलाई अनुमति दिन्छ ।

सेवासुविधाहरु : बैंकका विभिन्न उत्पादद र सेवासंग सम्बन्धित जानकारीहरु उपलब्ध

प्रवद्र्धन : बैंकका विभिन्न सक्रिय अफर र प्रवद्र्धनहरु बारे जानकारी प्रदान

सामाजिक : बैंकका उपलब्ध विभिन्न सामाजिक संचारमाध्यममासम्बद्ध हुन प्रयोगकर्ताहरुलाई अनुमति प्रधान

सुझाव : प्रयोगकर्ताहरुलाई बैंकलाई सिधै टिप्पणी र सुझाव दिन अनुमति दिन्छ ।

बारम्बार सोधिने प्रश्नहरु : प्रयोगकर्ताहरुका लागि धेरैजसो बारम्बार सोधिने प्रश्नहरुको उत्तर देखाउदछ ।

खातासम्बन्धी जानकारी : दर्तावाला ग्राहकको खाता नम्बर र प्रकारसहित खातासंग सम्बन्धित जानकारी देखाउदछ ।

मौजदातबारे सोधपूछ : प्रयोगकर्ताको दर्ता भएको खाताको मौजूदा मौज्दात बारे जान्न अनुमति दिन्छ ।

संक्षिप्त विवरण : ग्राहकको बैंक खातामा भएका पछिल्ला केही कारोवारहरुको संक्षिप्त विवरण उपलब्ध गराउछ ।