Tuesday April 07,2020

News FY 2074-75

नबिल बैंकको ३४औं वार्षिक साधारण सभा सम्पन्न

नबिल बैंकको मिति २०७५ फाल्गुण २७ गते बैंक सञ्चालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३४ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृती अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आ.व. २०७४/७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा रु.३ अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.२५ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. १ खर्ब ६१ अर्ब पुर्‍याएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्घि भएको छ । वाणिज्य बैंकहरुमध्ये आ.व. २०७३/७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पुर्‍याए वापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ । बैंकको संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २० अर्ब ५९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष रु. ९ अर्ब १ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष श्री पौड्यालले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

नबिल बैंकको ३४औं वार्षिक साधारण सभा